NIMB Long Banner Ad

आत्महत्या रोकथाम सम्बन्धी छलफल सम्पन्न, दुई वर्षमा १३ हजार ७ सय ६६ ले गुमाए ज्यान

7.03K
shares

भाद्र २७ काठमाडौं। सेन्ट्रल एसोसिएसन अफ साइकोलोजी स्टुडेन्ट्स (Central Association of Psychology Students) को आयोजनामा किर्तिपुरस्थित CDJMC मा “Changing the Narrative on Suicide” भन्ने नाराका साथ आत्महत्या रोकथाम सम्बन्धी प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रस्तुत अध्ययन तथ्यांक अनुसार नेपालमा विगत दुई वर्षको अवधिमा १३ हजार ७ सय ६६ जनाले आत्महत्या गरेको तथ्यांक रहेकोे नेपाल प्रहरीले जनाएको छ । कुल मृतकमध्ये ६० प्रतिशत पुरुष रहेका छन् भने सबैभन्दा बढी प्रभावित उमेर समूह १८ देखि २५ वर्षको रहेको प्रहरीको तथ्यांक रहेको छ। कोशी प्रदेशमा सबैभन्दा बढी र भौगोलिक रूपमा मधेशमा ३७% तथा पहाडी क्षेत्रमा ३३.७% घटना दर्ता भएका छन्। आत्महत्या गर्नेमध्ये ८३.५% ले झुण्डिएर र १५% ले विष सेवन गरेको तथ्यांक रहेकोे छ । कुल मृतकहरूमध्ये ६३% निरक्षर, ४६% कृषि पेशामा आबद्ध र ६५% मानिसहरू मानसिक रोग (Mental Illness) बाट ग्रसित रहेको पाइएको छ भने आदिवासी/जनजाति समुदायमा यो दर उच्च देखिएको छ।

विषयविज्ञहरू,मानसिक स्वास्थ्य, परामर्श र सुरक्षा निकायका प्रबुद्ध विज्ञहरू सम्मिलित प्यानल छलफल सम्पन्न भएको हो । छलफलका क्रममा वक्ताहरूले समाजमा आत्महत्या सम्बन्धी दृष्टिकोण परिवर्तन गर्न, समयमै मानसिक स्वास्थ्य परामर्श उपलब्ध गराउन र रोकथामका लागि एकीकृत पहल गर्नुपर्नेमा जोड दिएका थिए।​कार्यक्रममा वरिष्ठ मनोबिद् पदम राज जोशीले मानसिक स्वास्थ्य परामर्श सम्बन्धी समाजको दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले हामी मिलेर एउटा यस्तो नेपालको निर्माण गरौँ, जहाँ मनोवैज्ञानिक सहयोग माग्नु वा लिनु लाजको बिषय भन्दा पनि सामार्थ्य र प्रसिद्धिको बिषय बन्न सकोस भनि बताउनु भयो ।