NIMB Long Banner Ad

विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

414
shares

काठमाण्डौ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसीलगायत खेलाडी छन् ।

नेपालमा मङ्सिर १८ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी हुँदैछन् । नेपालले पहिलो खेल मङ्सिर १८ गते इटालीसँग खेल्नेछ ।

नेपालले युगाण्डा, यूएई, जर्सी, क्यानडा, नामिबिया र कुवेतसँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको शीर्ष चार टोली अर्को चरणमा प्रवेश गर्नेछन् ।