एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
वि.सं.२०८३ मंसिर १३ आइतवार १०:४४
598
shares
shares

काठमाडौँ – काठमाडौँ उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक कारबाहीमा परेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा मापसे गर्ने १०३, तीव्र गतिमा चलाउने ११३, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३६ र सिसिटिभीबाट पहिचान भएका ३५ चालकलाई कारबाही गरेको हो ।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीको अवस्था दुरुस्त नराख्ने २५, लेन उल्लङ्घन गर्ने तीन, एकतर्फी सडकमा चलाउने आठ तथा अन्य नियम उल्लङ्घन गर्ने ३३६ चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन व्यवस्थित गर्न चेकजाँच र निगरानीलाई तीव्र बनाएको जनाएको छ । प्रहरीले चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ ।
















