NIMB Long Banner Ad

दशौँ अन्तर्राष्ट्रिय सांस्कृतिक शान्ति पदयात्रा शुरु, नेपाललाई सांस्कृतिक सद्भावको साझा गन्तव्यका रूपमा चिनाउने प्रयास

‘एक यात्रा, अनेक संस्कृति, एउटै सन्देश– शान्ति र करुणा’ भन्ने मूल नारासहित आयोजना भएको यो पदयात्रामा सांस्कृतिक शान्ति दीप लिएर यात्रा गरिएको छ । स्वयम्भू महाचैत्यदेखि भगवान् बुद्धको पूर्वजन्मसँग जोडिएको राजकुमार महासत्त्वको जन्मस्थल तथा ज्ञान प्राप्तिसँग सम्बन्धित नमोबुद्ध हुँदै यात्रा अगाडि बढाइएको सल्लाहकार निरज कमाचार्यले बताउनु भएको छ ।

6.97K
shares

मंसिर ६ काठमाडौ । विश्व शान्ति, करुणा, सहिष्णुता तथा सांस्कृतिक सद्भावको सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ दशौँ अन्तर्राष्ट्रिय सांस्कृतिक शान्ति पदयात्रा (10th International Cultural Peace Walk) शुरु भएको छ । सन् २०२६ नोभेम्बर २१ देखि शुरु भएको पदयात्रा २५ नोभेम्बर (२०८३ मंसिर ५ देखि ९ ) सम्म सञ्चालन हुनेछ ।
स्वयम्भू महाचैत्यबाट सुरु भएको पदयात्रा बौद्धनाथ, भक्तपुर, बनेपा हुँदै पनौतीमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।
‘एक यात्रा, अनेक संस्कृति, एउटै सन्देश– शान्ति र करुणा’ भन्ने मूल नारासहित आयोजना भएको यो पदयात्रामा सांस्कृतिक शान्ति दीप लिएर यात्रा गरिएको छ । स्वयम्भू महाचैत्यदेखि भगवान् बुद्धको पूर्वजन्मसँग जोडिएको राजकुमार महासत्त्वको जन्मस्थल तथा ज्ञान प्राप्तिसँग सम्बन्धित नमोबुद्ध हुँदै यात्रा अगाडि बढाइएको सल्लाहकार निरज कमाचार्यले बताउनु भएको छ ।
पहिलो दिन नोभेम्बर २१ म स्वयम्भू, विपजयेश्वरी, शोभा भगवती, श्रीघः, भण्डेश्वर, चारुमती विहार, पशुपति, गुह्येश्वरी हुँदै बौद्धनाथ सम्म पदयात्रा गरिएको छ । दोस्रो दिन नोभेम्बर २२ मा बौद्धनाथबाट भक्तपुरसम्म, नागदेश विहार, बालकुमारी थिमि, सिद्धपोखरी र मुनि विहारलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन,तेस्रो दिन नोभेम्बर २३ मा भक्तपुरबाट बनेपासम्म, भक्तपुरको ऐतिहासिक सम्पदा, ब्रह्मायणी, नाला गुम्बा, सृष्टिकान्त, उग्रचण्डी, चण्डेश्वरी तथा ध्यानकुटी विहारलाई यात्राको मुख्य गन्तव्यका रूपमा समेटिएको छ ।
चौथो दिन नोभेम्बर २४ मा बनेपाबाट पनौतीसम्म यात्राको लक्ष्यसहित यस क्रममा श्रीखण्डपुर, श्वेत भैरव, चौकोट भीमसेन, बतासे, इटे, शङ्खेश्वरी, नमोबुद्ध मन्दिर, अवयदान स्थल, थ्राङ्गु गुम्बा हुँदै पनौती बुद्ध विहारसम्म पुग्ने कार्यक्रम तय गरिएको छ ।

पाँचौँ तथा अन्तिम दिन नोभेम्बर २५ मा पनौतीका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको भ्रमण गरी कार्यक्रम समापन गरिनेछ । पनौती सम्पदा क्षेत्र, देवघर (द्यःछेँ), न्हुबाहाः तथा पञ्चाल दरबारस्थित पनौती नगरपालिका कार्यालय परिसरमा समापन कार्यक्रम रहेको पदयात्रा कार्यक्रमका सल्लाहकार कमाचार्यले जानकारी दिनु भएको हो ।

ग्लोवल कल्चर पिस वाक नेपाल द्धारा आयोजना गरिएको विश्व सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम ले वर्षौदेखि अस्तित्वमा रहेका प्राचीन समुदाय र बस्तीहरूमा सांस्कृतिक अन्वेषण, सामुदायिक संलग्नता र शान्ति निर्माणको साझा यात्रा मार्फत मानिसहरूलार्इ एकताबद्ध गर्दै आएको आयोजकको ठहर रहेको छ । यस पदयात्राको प्रमुख उद्देश्य नेपालको पर्यटन तटथा संस्कृतिक सम्पदाहरूसँग परिचित गराउनु रहेको र जसबाट नेपालका ऐतिहासिक बस्तीहरू, पवित्र स्थलहरू, परम्परागत अभ्यासहरू र जीवन्त सामुदायिक जीवनका माध्यमबाट पुस्तापुस्तासम्म सुरक्षित रहँदै आएको समेत आयोजकको दाबी छ ।
पदयात्राको समापनमा आयोजक समितिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्ने तथा आगामी वर्षहरूमा यस कार्यक्रमलार्इ एक अभियानको रुपमा नै अघिबढाउने प्रतिबद्धता व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

नेपालको पहिलो सांस्कृतिक सम्पदा सहरका रूपमा परिचित पनौतीमा पदयात्राको समापन हुनुलाई विशेष महत्त्वका साथ हेरिएको छ । यसले पनौतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।पाँच दिने यस अन्तर्राष्ट्रिय पदयात्राले विभिन्न धर्म, संस्कृति, परम्परा र समुदायबीच आपसी सम्मान, एकता, सहअस्तित्व तथा भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
‘एक विश्व, एक मानवता, एक शान्ति’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रमले नेपाललाई विश्व शान्ति र सांस्कृतिक सद्भावको साझा गन्तव्यका रूपमा चिनाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।