श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ७ गते सोमवार (तदनुसार २३ नोभेम्वर सन् २०२६)
भरणी नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया साहसी, स्वतन्त्र विचार हुनुकासाथै फुर्तिलो स्वभावका हुन्छन्। यिनीहरू कुनै पनि काम जोस र जाँगरका साथ गर्छन् र जिम्मेवारी पूरा गर्न पछि हट्दैनन्। यिनीहरू कला, संगीत, सौन्दर्य, र रचनात्मक क्षेत्रमा रुचि राख्ने हुन्छन् भने सत्य र न्यायको पक्षमा उभिने हुन्छन्।
वि.सं.२०८३ मंसिर ७ सोमवार ०६:०८
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ७ गते सोमवार (तदनुसार २३ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि २३–०० बजे सम्म,भरणी नक्षत्र राति २६–२२ बजे सम्म,चर योगा तथा चन्द्रमा मेष राशिमा ।
भरणी नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया साहसी, स्वतन्त्र विचार हुनुकासाथै फुर्तिलो स्वभावका हुन्छन्। यिनीहरू कुनै पनि काम जोस र जाँगरका साथ गर्छन् र जिम्मेवारी पूरा गर्न पछि हट्दैनन्। यिनीहरू कला, संगीत, सौन्दर्य, र रचनात्मक क्षेत्रमा रुचि राख्ने हुन्छन् भने सत्य र न्यायको पक्षमा उभिने हुन्छन्।
प्रशासनिक क्षेत्र, व्यवस्थापन, कला–सञ्चार, चिकित्सा, न्याय क्षेत्र तथा व्यवसायमा यिनीहरूले राम्रो सफलता हासिल गर्न सक्ने खुवी देखिन्छ ।
आत्मविश्वास र उमङ्ग उच्च रहनेछ। नयाँ योजना र कार्यको थालनी गर्न समय अनुकूल छ। सामाजिक क्षेत्रमा मान-सम्मान मिल्नेछ भने पारिवारिक सहयोगले ठूला काम बन्नेछन्।
खर्चमा नियन्त्रण गर्नुपर्ने समय छ। वैदेशिक क्षेत्र वा टाढाको यात्राबाट सामान्य लाभ मिल्न सक्छ। अनावश्यक विवाद तथा झमेलाबाट टाढै रहनु बुद्धिमानी हुनेछ।
आम्दानीका स्रोतहरू फराकिलो बन्नेछन्। साथीभाइ तथा इष्टमित्रबाट प्राप्त सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन्। व्यापार-व्यवसायमा फाइदा हुनुका साथै नयाँ अवसरको सिर्जना हुनेछ।
मान-प्रतिष्ठा र पदोन्नति हुने सम्भावना बलियो छ। अधिकारी वर्ग वा वरिष्ठ व्यक्तिको सहयोगले रोकिएका सरकारी कामहरू सुचारु हुनेछन्।
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको वैदेशिक यात्रा वा अध्ययनसँग सम्बन्धित कार्यहरूमा सफलता प्राप्त हुनेछ।
स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला। गोप्य कुराहरू बाहिरिन नदिन सजग रहनुपर्ने दिन छ।
दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारीमा गरिएको व्यवसायबाट राम्रो मुनाफा कमाउन सकिनेछ।
रोकिएका कामहरूले गति लिनेछन्। स्वास्थ्यमा सुधार आउनेछ र पुराना समस्याबाट मुक्ति पाउन सकिनेछ। न्याय क्षेत्रमा सफलता मिल्नेछ।
बौद्धिक क्षमता र सिर्जनात्मकतामा वृद्धि हुनेछ। सन्तानको सुख प्राप्त हुनेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा एकाग्रता बढ्ने र परीक्षामा उत्कृष्ट नतिजा आउने उत्तम दिन छ।
आमा वा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यको ख्याल गर्नुहोला। घरजग्गा तथा सवारीसाधनसम्बन्धी काममा सावधानी अपनाउनु उपयुक्त हुन्छ।
पराक्रम र सहसाहमा वृद्धि हुनेछ। दाजुभाइ तथा छिमेकीको सहयोगले जटिल कामहरू पनि सजिलै फत्ते हुनेछन्।
आर्थिक पक्ष सुदृढ बन्नेछ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। आफन्तजनसँगको आत्मीयता बढ्नेछ भने स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959























