श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ११ गते शुक्रबार (तदनुसार २७ नोभेम्वर सन् २०२६) को राशिफल
आर्दा नक्षत्रमा जन्मिने व्यक्ति तीक्ष्ण बुद्धि र जिज्ञासु स्वभावको हुने गर्दछ । यो बुधको राशि र राहुको नक्षत्र भएकाले यी नक्षत्रवाला व्यक्ति निकै तार्किक, चलाख र हरेक कुराको गहिराइमा पुगेर बुझ्न खोज्ने हुन्छन्।
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ११ गते शुक्रबार (तदनुसार २७ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,मार्ग पक्षकृष्णपक्ष तृतीया तिथि,आर्दा नक्षत्र,पद्म योगा तथा चन्द्रमा मिथुन राशिमा।
आर्दा नक्षत्रमा जन्मिने व्यक्ति तीक्ष्ण बुद्धि र जिज्ञासु स्वभावको हुने गर्दछ । यो बुधको राशि र राहुको नक्षत्र भएकाले यी नक्षत्रवाला व्यक्ति निकै तार्किक, चलाख र हरेक कुराको गहिराइमा पुगेर बुझ्न खोज्ने हुन्छन्।
यीनीहरु परिवर्तनशील र संवेदनशील हुन्छन् । यिनीहरू अरूको दुःखमा छिट्टै द्रवित हुने, तर कहिलेकाहीँ आफैँभित्रको उथलपुथल र भावनात्मक तनावमा समेत पर्ने गर्छन्।
संकटपछि सफलता मिल्नु यिनिहारुको विशेषता नै हो । भगवान् रुद्र (आँधीबेहरी र विनाशपछि नवनिर्माण गर्ने देवता) सँग सम्बन्धित भएकाले जीवनमा ठूला उतारचढाव वा संघर्षपछि मात्र यिनीहरूले स्थायी सफलता र परिपक्वता हासिल गर्छन्।
अनुसन्धान, मनोविज्ञान, प्रविधि, सञ्चार, चिकित्सा (विशेषगरी शल्यक्रिया वा औषधि विज्ञान) तथा गुप्तचर वा विश्लेषणसम्बन्धी काममा यिनीहरू उत्कृष्ट हुने गर्दछन् ।
शुभ दिन छ । नयाँ योजना र बौद्धिक कार्यमा सफलता मिल्नेछ। दाजुभाइ वा छिमेकीको सहयोग प्राप्त हुनेछ। छोटो यात्राको योग छ। स्वास्थ्यमा सुधार आउनेछ।
सातर्क रहनु पर्ने दिन छ । कारोबारमा सावधानी अपनाउनुहोला। बोल्दा विचार पुर्याउनु पर्ने दिन छ। कुटुम्बको सहयोगले रोकिएका काम बन्न सक्छन्। खानपानमा ध्यान दिनुहोला।
शुभ दिन छ । चन्द्रमा तपाईंको आफ्नै राशिमा रहेकाले आत्मविश्वास बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। रचनात्मक र कला क्षेत्रमा रुचि बढ्नेछ। नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ।
खर्चमा वृद्धि हुनुका साथै अनावश्यक दौडधूप हुन सक्छ। विदेश यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। स्वास्थ्यप्रति सतर्क रहनुहोला।
आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मित्रवर्गबाट अपेक्षित सहयोग मिल्नेछ। व्यापार-व्यवसायमा फाइदा हुनेछ। इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ।
कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। मान-सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ।व्यापारमा अधिकारी वर्गको सहयोग मिल्नेछ। नयाँ पद वा उत्तरदायित्व प्राप्त हुन सक्छ।
भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। उच्च शिक्षा वा अध्ययनका लागि गरिएको प्रयास सफल हुनेछ। लामो दूरीको यात्राको योग छ।
संघर्षपूर्ण दिन छ । स्वास्थ्यमा अचानक उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला। गोपनियतामा ध्यान दिनुहोला।
साझेदारीका काममा सफलता मिल्ने दिन छ। व्यापार व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
शत्रु पक्ष परास्त हुने दिन छ । रोकिएका पुराना कामहरू बन्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। कोर्ट-कहरी वा मुद्दामामिलामा विजय प्राप्त हुने योग छ।
बौद्धिक क्षमतामा वृद्धि हुने दिन छ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। सिर्जनात्मक कार्यमा मन जानेछ। शेयर बजार वा बौद्धिक क्षेत्रबाट लाभ हुन सक्छ।
भौतिक सुख-सुविधामा वृद्धि हुने दिन छ । घर जग्गा वा सवारी साधनसम्बन्धी काममा सफलता मिल्नेछ। आमाको स्वास्थ्यलाई लिएर केही चिन्ता बढे पनि पारिवारिक सौहार्दता कायम रहनेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959






















