पूर्वमुख्यसचिव अर्याल म्याद थपका लागि अदालत लगिँदै
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १०:४५
713
shares
shares

काठमाण्डौ – मलेसिया जाने श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरी रकम विदेश पठाएको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आज म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिँदै छ ।
सिआईबीले अर्याललाई हिजो विराटनगरको जोगबनी नाका क्षेत्रबाट पक्राउ गरेको थियो । श्रम मन्त्रालयको तत्कालीन सचिव रहँदा रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उहाँमाथि छ ।
यस प्रकरणमा अर्यालसहित ११ जना पक्राउ परेका छन् । प्रहरीले श्रमिकबाट प्रतिव्यक्ति १०० रिङ्गेट अतिरिक्त शुल्क उठाएर १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेश पठाइएको आरोपमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
















