NIMB Long Banner Ad

शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल आरोहण अनुमति

667
shares

काठमाण्डौ – सन् २०२६ को शरद् ऋतुमा नेपालका ५० हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार अनुमति लिनेमा १ हजार २५३ पुरुष र ३८० महिला रहेका छन् । सबैभन्दा धेरै फ्रान्सका १५०, चीनका १४६, अमेरिकाका १३०, रसियाका १२४ र बेलायतका ११२ आरोही छन् ।

त्यस्तै, जर्मनीका १०२, नेपालका ९०, स्पेनका ५६, स्वीट्जरल्याण्डका ५२, अष्ट्रेलियाका ४६ र चेक रिपब्लिकका ४२ आरोहीले अनुमति लिएका छन् ।

हिमाल आरोहण अनुमति जारी गरेबापत सरकारले २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।