सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलामा ३ हजार ३ सय रुपैयाँले महँगियो
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ११:२३
713
shares
shares

काठमाण्डौ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ र चाँदी ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
















