श्रीशाके १९४८ वि.सं २०८३ मंशिर १२ गते शनिवार (तदनुसार २८ नोभेम्वर सन् २०२६) को राशिफल
पुनर्वसु नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया शान्त स्वभावका, परोपकारी, धार्मिक आस्था भएका, ज्ञानी र मिलनसार हुन्छन्। गुरुको स्वामित्व भएकाले यिनीहरूमा बौद्धिक क्षमता र नेतृत्व गर्ने गुण राम्रो हुन्छ।
वि.सं.२०८३ मंसिर १२ शनिवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर १२ गते शनिवार (तदनुसार २८ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,मार्ग पक्षकृष्णपक्ष चतुर्थी तिथि,पुनर्वसु नक्षत्र, छत्र योगा तथा चन्द्रमा मिथुन राशिमा।
पुनर्वसु नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया शान्त स्वभावका, परोपकारी, धार्मिक आस्था भएका, ज्ञानी र मिलनसार हुन्छन्। गुरुको स्वामित्व भएकाले यिनीहरूमा बौद्धिक क्षमता र नेतृत्व गर्ने गुण राम्रो हुन्छ।
शुभ दिन छ। आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ। दाजुभाइ तथा छिमेकीको सहयोग मिल्नेछ। छोटो यात्राको योग रहेको छ।
आर्थिक पक्ष सुदृढ बन्नेछ। बोल्दा विचार पुर्याउनु होला, वाणीको प्रभावले रोकिएका काम बन्नेछन्। कुटुम्बको सहयोग मिल्नेछ। खानपानमा भने विशेष ध्यान दिनुहोला।
चन्द्रमा तपाईंको आफ्नै राशिमा रहेकाले मानसिक प्रसन्नता र उत्साह बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। रचनात्मक कार्यमा रुचि बढ्नेछ।
वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। खर्चमा केही वृद्धि भए पनि अनावश्यक चिन्ता लिनु पर्दैन। स्वास्थ्यप्रति सचेत रहनुहोला। यात्रामा परिनेछ ।
आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। मित्रवर्ग तथा दाजुभाइबाट अपेक्षित सहयोग मिल्नेछ। व्यापार-व्यवसायमा फाइदा हुनेछ। इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ।
कार्यक्षेत्रमा जिम्मेवारी र मान-सम्मानमा वृद्धि हुनेछ।व्यापारमा अधिकारी वर्गको सहयोग मिल्नेछ। नयाँ पद वा उत्तरदायित्व प्राप्त हुन सक्ने योग छ।
भाग्यले साथ दिने दिन छ। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। उच्च शिक्षा वा अध्ययनका लागि गरिएको प्रयास सफल हुनेछ। लामो दूरीको यात्राको योग छ।
दिन केही संघर्षपूर्ण रहने छ । स्वास्थ्यमा अचानक उतारचढाव आउन सक्ने भएकाले खानपान र गोपनीयतामा विशेष ध्यान दिनुहोला। वाहन चलाउँदा सावधानी अपनाउनुहोला।
साझेदारीका काममा सफलता मिल्ने दिन छ। व्यापार व्यवसायमा राम्रो नाफा कमाउन सकिनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
शत्रु पक्ष परास्त हुने दिन छ। रोकिएका पुराना कामहरू बन्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। कोर्ट-कहरी वा मुद्दामामिलामा विजय प्राप्त हुने अनुकूल योग छ।
बौद्धिक क्षमतामा वृद्धि हुने दिन छ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। सिर्जनात्मक कार्यमा मन जानेछ। शेयर बजार वा बौद्धिक क्षेत्रबाट लाभ हुन सक्छ।
भौतिक सुख-सुविधामा वृद्धि हुने दिन छ। घर जग्गा वा सवारी साधनसम्बन्धी काममा सफलता मिल्नेछ। आमाको स्वास्थ्यलाई लिएर केही चिन्ता रहे पनि पारिवारिक सौहार्दता कायम रहनेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959






















