NIMB Long Banner Ad

विद्युत् चुहावट नियन्त्रण र सेवा सुधार गर्न वितरण केन्द्रलाई मन्त्रीको निर्देशन

690
shares

काठमाडौँ, मङ्सिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत बढाउन, चुहावट नियन्त्रण गर्न र गुणस्तरीय सेवा प्रवाह गर्न वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा उहाँले पुराना संरचनाको स्तरोन्नति, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा तथा विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा जोड दिनुभयो ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा विद्युत् महसुल सङ्कलन लक्ष्यको ९९।१ प्रतिशत पुगेको छ । त्यस्तै, ट्रान्सफर्मर जल्ने घटनामा अघिल्लो आर्थिक वर्षको तुलनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ ।

प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ, जुन लक्ष्यभन्दा केही बढी हो । मन्त्री श्रेष्ठले चुहावट नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न निर्देशन दिनुभयो ।

गण्डकीका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा दिइरहेको प्राधिकरणको वितरण संरचनामा बाढीपहिरोका कारण करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । क्षतिग्रस्त संरचना पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।