NIMB Long Banner Ad

विवाहपञ्चमीको निमन्त्रणा दिन जनकपुरबाट टोली अयोध्या प्रस्थान

805
shares

काठमाण्डौ । जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन नेपाली टोली भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् र नागरिक समाजका प्रतिनिधि सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएका हुन् । टोलीले निमन्त्रणासँगै लत्ताकपडा, गरगहना र भाँडाकुँडालगायत सामग्री पनि लगेको छ ।

हरेक वर्ष सीता–राम विवाहको स्मरणमा जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाइँदै आएको छ ।