राप्ती गाउँपालिकामा समर्थन मूल्यमा धान खरिद सुरु
वि.सं.२०८३ मंसिर १३ आइतवार १२:०२
483
shares
shares

काठमाण्डौ – दाङको राप्ती गाउँपालिकामा सरकारी समर्थन मूल्यमा धान खरिद सुरु भएको छ ।
गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद थालेको हो ।
चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ । राप्ती गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा तोकिएको कम्पनीका शाखा प्रमुख शक्तिराम डाँगीले बताउनुभयो ।
यसअघि कम्पनीले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट धान खरिद गरिसकेको छ ।
















