NIMB Long Banner Ad

पूर्वमुख्यसचिव अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति

2.07K
shares

काठमाण्डौ – पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई शुक्रबार अदालतमा पेस गरेको थियो ।

अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

सीआईबीका अनुसार मलेसिया गैरकानुनी रूपमा पठाइएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकमको निर्णय प्रक्रियामा अर्याल संलग्न रहेको आरोप छ ।