खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ
वि.सं.२०८३ मंसिर १२ शनिवार १६:४८
690
shares
shares

काठमाण्डौ । काठमाण्डौमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार टुकुचास्थित खसी बजारमा बाख्रीको मासु खसीको मासु भन्दै बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले आज बिहान करिब ४ बजे छापा मारेको थियो ।
जाँचका क्रममा करिब ५६७ किलो बाख्रीको मासु गाडीमा लोड गर्दै गरेको अवस्थामा आठ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दिलबहादुर मोक्तान, करण बानिया, मनोज थापा, सनम तामाङ, राजु लामा, टेकबहादुर तामाङ, दिनेश महत र निखिल उप्रेती रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















