NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ८ गते मंगलवार (तदनुसार २४ नोभेम्वर सन् २०२६)

5.41K
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ८ गते मंगलवार (तदनुसार २४ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि २१–१० बजे सम्म, कृतिका नक्षत्र राति २५–१० बजे सम्म,गद योगा तथा चन्द्रमा मेष राशिमा विहान ८ बजेर ६ मिनेट सम्म त्यसपछि चन्द्रमाको प्रवेश वृष राशिमा । आज पूर्णिमाव्रत,कार्तिकस्नान चतुर्मासव्रत समाप्ति,गुरुनानकजयन्ती ।
कृत्तिका नक्षत्रमा जन्मिएका व्यक्तिहरू तेज, मेहनेती, दृढसंकल्पयुक्त र उच्च नेतृत्व क्षमता हुनुका साथै शारीरिक तथा मानसिक ऊर्जा उच्च रहने खालका हुन्छन् । आफ्नो लक्ष्यप्रति सधैँ स्पष्ट र कटिबद्ध रहन्छन्। अलिकति जिद्दी वा कडा स्वभावको देखिए पनि उनीहरूको भित्री मन भने सधै सफा र परोपकारी स्वभावयुक्त हुने गर्दछ ।
यो नक्षत्र प्रशासन, व्यवस्थापन, सेना, प्रहरी, चिकित्सा, राजनीति, शिक्षण तथा इन्जिनियरिङ् क्षेत्रकालागि अति अनुकूल मानिन्छ। उनीहरू आफ्नो कार्यक्षेत्रमा उच्च सफलता हासिल गर्न सक्षम हुन्छन्। अग्नि तत्वको प्रभाव रहने हुनाले यी नक्षत्रवाला व्यक्तिहरूमा सत्यवादी स्वभाव , न्यायप्रेमी भावना र कठिन परिस्थितिमा पनि पछि नहट्ने विशेष गुण रहने गर्दछ ।

image

दिनको सुरुमा चन्द्रमा आफ्नै राशिमा रहने हुँदा आत्मबल र उत्साह उच्च रहनेछ। बिहान ८:०६ बजेपछि चन्द्रमा वृष राशिमा प्रवेश गर्नेछ, जसले आर्थिक क्षेत्रमा लाभ र नयाँ अवसरहरू दिलाउनेछ। पारिवारिक सहयोग मिल्नेछ।मिठास आउनाले रोकिएका कामहरू बन्नेछन्। पारिवारिक सुख मिल्नुका साथै आर्थिक पक्ष सबल बन्दै जानेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ।

image

आफ्नै राशिमा रहने भएकाले दिन उत्साहजनक रहनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ कार्यको थालनी गर्न अनुकूल समय छ। मान–सम्मान प्राप्तीको योग छ।

image

खर्चमा वृद्धि हुनुका साथै वैदेशिक क्षेत्र वा लामो यात्राका क्रममा सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ।

image

आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। मित्र तथा दाजुभाइको सहयोगले अप्ठ्यारा कामहरू सहजै सम्पन्न हुनेछन्। व्यापारमा राम्रो लाभ मिल्नेछ।

image

कर्मक्षेत्रमा सक्रियता बढ्नेछ र उच्चपदस्थ व्यक्तिहरूको सहयोग मिल्नेछ। सामाजिक तथा सार्वजनिक कार्यमा मान–प्रतिष्ठा बढ्नेछ।

image

भाग्यको साथ रहनेछ, जसले गर्दा धार्मिक तथा आध्यात्मिक कार्यहरूप्रतिको रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ।

image

स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। खानपानमा गडबडी वा मौसमको प्रतिकूलताले सताउन सक्छ। जोखिमपूर्ण लगानी आजका लागि स्थगित गर्नु बुद्धिमानी हुनेछ।

image

दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा मधुरता छाउनेछ। साझेदारीमा गरिएको व्यापारबाट राम्रो फाइदा मिल्नेछ। रमाइलो भेटघाटको अवसर जुट्नेछ।

image

प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने शत्रु पक्ष कमजोर बन्नेछन्। रोकिएका पुराना कामहरू बन्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्य सबल रहनेछ।

image

बौद्धिक तथा सिर्जनात्मक क्षमताको कदर हुनेछ। सन्तान पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ।

image

पारिवारिक जीवनमा केही व्यस्तता बढ्न सक्छ। घरजग्गा तथा सवारीसाधनसम्बन्धी कार्यमा सावधानी अपनाउनुहोला।

image

पराक्रम र आत्मविश्वास बढ्नेछ। छिमेकी वा सहकर्मीहरूको सहयोगले महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। छोटो तथा लाभदायक यात्राको योग छ।

~ज्यो. कलानिधी WhatsApp 9803032959