NIMB Long Banner Ad
skip this G & K International Education Consultant long ad banner

ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

874
shares

काठमाण्डौ – ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको केन्द्र ओलाङचुङगोला–तिब्बत सीमा क्षेत्र रहेको छ ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका, पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लासहित विभिन्न ठाउँमा महसुस भएको थियो । क्षतिको विवरण प्राप्त भएको छैन ।