NIMB Long Banner Ad

इन्स्पेक्टर भन्दै थुनामा रहेका व्यक्ति छुटाउन दुई लाख माग्ने पाँच जना पक्राउ

391
shares

काठमाण्डौ । आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै थुनामा रहेका व्यक्ति छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेकराज श्रेष्ठ, इन्द्रबहादुर भुजेल, धिरज रानाभाट, खेलबहादुर मगर र हर्क सिंह भोलन रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले काँडाघारी प्रहरी प्रभागमा सोधपुछका लागि राखिएका एक व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने भन्दै उनका भाइसँग दुई लाख रुपैयाँ मागेका थिए । साथै होटल खर्चसमेत तिर्न लगाएका थिए ।

पीडितले रकम दिन अस्वीकार गरेपछि उनीहरूले फोन र म्यासेन्जरमार्फत धम्की दिएका थिए । प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पक्राउ गरेको जनाएको छ ।