प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालय अगाडि पत्रकारहरू धर्नामा
वि.सं.२०८३ मंसिर १३ आइतवार १३:१२
552
shares
shares

काठमाडौं – नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकार सुनिश्चित गर्न आजदेखि राजनीतिक दलका कार्यालयमा धर्ना सुरु गरेको छ ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत आज रास्वपा कार्यालय अगाडि पत्रकारहरू धर्नामा बसेका हुन् । समाचार कक्षमा प्रहरी धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र लोककल्याणकारी विज्ञापनको रकम नदिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
कार्यक्रमअनुसार भोलि कांग्रेस, पर्सि एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपा कार्यालयमा धर्ना दिइनेछ । मङ्सिर २० गते माइतीघरलगायत जिल्ला सदरमुकाममा कालो पहिरनसहित प्रदर्शन गर्ने महासंघले जनाएको छ ।

















