आज दिउँसो देशभर मौसम सफा रहने
वि.सं.२०८३ मंसिर ८ मंगलवार १०:१६
644
shares
shares

काठमाण्डौ – आज बिहान तराई, उपत्यका तथा खोँचका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । हिमाली क्षेत्र तथा कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ । भोलि र पर्सि केही ठाउँमा आंशिक बादल लाग्ने सम्भावना छ ।
शुक्रवार कोशी प्रदेशको हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा फाट्टफुट्ट वर्षा भएको थियो ।
















