आज पाँच संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८३ मंसिर ८ मंगलवार १०:२३
shares

काठमाडौँ – प्रतिनिधिसभाका पाँच संसदीय समितिको बैठक आज बस्दैछ । अर्थ, उद्योग वाणिज्य तथा श्रम, महिला तथा सामाजिक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल हुनेछ भने उद्योग वाणिज्य तथा श्रम समितिमा ‘बालश्रम विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ ।
महिला तथा सामाजिक समितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी संशोधन विधेयक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथि छलफल हुनेछ ।
त्यस्तै, सार्वजनिक लेखा समितिमा सुनकोशी मरिण डाइभर्सन आयोजना तथा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी उजुरीमाथि छलफल गर्ने कार्यसूची छ ।
















