NIMB Long Banner Ad
skip this G & K International Education Consultant long ad banner

नीति विपरीत काम गर्ने जनप्रतिनिधि फिर्ता बोलाउछौं – गगन थापा

483
shares

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नीति र घोषणापत्रविपरीत काम गर्ने पालिका जनप्रतिनिधिलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिने बताउनुभएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा आयोजित ‘हामी तयार छौँ’ अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रममा उहाँले जनप्रतिनिधि निर्वाचित भएपछि पार्टीसँग सम्पर्कविहीन हुने पुरानो अभ्यास अन्त्य गरिने बताउनुभयो ।

जनप्रतिनिधिको पाँच वर्षे काम अनुगमन तथा मूल्याङ्कन गर्न ‘गभर्नेन्स इन्स्टिच्युट’ स्थापना गरिएको भन्दै थापाले उम्मेदवारले टिकट लिँदा अनुशासनमा रहने र आर्थिक अनियमितता नगर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने बताउनुभयो ।

आगामी चुनावमा टिकट वितरणको पुरानो प्रणाली हटाएर क्रियाशील सदस्यले गोप्य डिजिटल मतदानमार्फत उम्मेदवार छनोट गर्न पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो । साथै, केही पालिकामा सर्वेक्षण गरी पार्टीको अवस्था र महिला उम्मेदवारको सम्भावनाबारे अध्ययन भइरहेको जानकारी दिनुभयो ।