NIMB Long Banner Ad

हवाई रुट र पारवहन विस्तारमा नेपाल–भारत सहमति

241
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच हवाई रुट तथा पारवहन क्षेत्रको विस्तारमा महत्त्वपूर्ण सहमति भएको छ ।

नयाँ हवाई रुट उपलब्ध गराउने र हवाई प्रवेश विन्दु विस्तार गर्ने सहमतिले नेपालको अन्तर्राष्ट्रिय उडान तथा हवाई सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।

दुई देशबीच व्यापार, पारवहन, ऊर्जा सहकार्य, रेल तथा जलमार्ग पूर्वाधार विकासलाई गति दिने सहमति पनि भएको छ ।

संयुक्त विज्ञप्तिमा पारवहन सन्धि समयसापेक्ष बनाउँदै नयाँ व्यापारिक नाका र थप बन्दरगाहको पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको छ । यसले नेपालको वैदेशिक व्यापार लागत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।