भोटेकोशी बाढीमा बेपत्ता तनहुँका २० जनाका परिवारलाई राहत सिफारिस
वि.सं.२०८३ मंसिर ११ शुक्रवार ११:५५
667
shares
shares

तनहुँ – रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता तनहुँका २० जनाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त विवरण प्रमाणीकरण गरी राष्ट्रिय विपद् प्राधिकरण र गण्डकी प्रदेश सरकारसमक्ष पठाउने निर्णय गरेको हो ।
बेपत्तामध्ये भानु नगरपालिकाका १३, व्यास र शुक्लागण्डकीका २र२ तथा बन्दीपुर, आँबुखैरेनी र म्याग्देका १र१ जना रहेका छन् ।
बैठकले पहिरो नियन्त्रण तथा बस्ती संरक्षणका लागि भीमादको बाल शैक्षिक माध्यमिक विद्यालयमा २४ लाख ६३ हजार र भानुको सालबिस्ने बस्तीमा १७ लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउन प्रदेश सरकारलाई अनुरोध गरेको छ ।
















