शेख हसिना फर्किने तयारीमा, अवामी लिगले गर्यो देशव्यापी बन्द आह्वान
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १३:१५
644
shares
shares

काठमाण्डौ – बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आज र भोलि देशव्यापी बन्द आह्वान गरेको छ ।
पार्टीमाथिको प्रतिबन्ध हटाउन, राजनीतिक बन्दी रिहा गर्न तथा हसिनासहित नेताहरूमाथिका मुद्दा फिर्ता लिन माग गर्दै बन्द आह्वान गरिएको बीबीसीले जनाएको छ ।
यसैबीच, हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बङ्गलादेशको राजनीतिक तनाव बढेको छ । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी ७९ वर्षीया हसिना हाल भारतको नयाँदिल्लीमा बस्दै आउनुभएको छ ।
हसिनाका सहयोगीले हवाई वा स्थलमार्ग हुँदै बङ्गलादेश फर्किने तयारी रहेको बताएका छन् । तर, बङ्गलादेश सरकारले उहाँ फर्किए तत्काल पक्राउ गरी अदालतले सुनाएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने चेतावनी दिएको छ ।
















