भोटेकोशी बाढीले यातायात क्षेत्रमा १ अर्ब ४१ करोडको क्षति
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १०:२९
506
shares
shares

काठमाण्डौ – भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा झण्डै १ अर्ब ४१ करोड रुपैयाँको क्षति भएको प्रतिवेदन सरकारले प्राप्त गरेको छ ।
१३ सदस्यीय मूल्याङ्कन समितिले भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई बुझाएको प्रतिवेदनअनुसार बाढीले ४ सय ९ वटा गाडीमा क्षति पुर्याएको छ । विवरण खुलेका ३ सय ८४ वटा गाडीमा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
बाढीले ३ सय १२ कन्टेनर, ३९ बस, ३३ ट्रक, ९ टिपर, ९ मिनी तथा माइक्रोबससहित अन्य सवारीमा क्षति पुर्याएको छ ।
बाढीमा यातायात क्षेत्रका ७ सय ४३ जनाभन्दा बढी बेपत्ता भएका छन् । समितिले पीडित परिवार र मजदुरलाई राहत, क्षतिपूर्ति तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
















