मन्त्रिपरिषद्को मर्यादाक्रम फेरियो, सोविता गौतम सातौंबाट तेस्रो स्थानमा
वि.सं.२०८३ मंसिर १० बिहीवार १६:४५
1.04K
shares
shares

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मर्यादाक्रम स्वीकृत गर्नुभएको हो ।
नयाँ मर्यादाक्रममा कानुनमन्त्री सोविता गौतम सातौँबाट तेस्रो स्थानमा उक्लिनुभएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् रहनुभएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा झर्नुभएको छ । अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् छ ।
















