प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा तल्लो अरुण आयोजनाको शिलान्यास गर्ने
वि.सं.२०८३ मंसिर ६ आइतवार १८:४५
shares

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन् ।
आयोजना निर्माण गरिने सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत शिलालेख अनावरण गरिने एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीले जानकारी दिएका छन् ।
आयोजनाको शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने निर्माण अवधि पाँच वर्ष तोकिएको छ ।
आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । व्यापारिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।
आयोजना प्रभावित २५३ परिवारलाई हालसम्म करिब ९९ करोड ९८ लाख रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् ।
















