NIMB Long Banner Ad

एसिया कप राइजिङ स्टार्समा नेपाललाई पहिलो जित

966
shares

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा नेपालले पहिलो जित निकालेको छ । नेपालले यूएईलाई ६ विकेटले हराएको हो ।

यूएईले दिएको ११२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका कुशल भुर्तेलले ५७ रनको अर्धशतकीय पारी खेले । मयन यादवले २७ र बसिर अहमदले १८ रन बनाए ।

त्यसअघि नेपालले यूएईलाई ३९.५ ओभरमा १२१ रनमा अलआउट गरेको थियो । नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ११ रन मात्रै खर्चिए ।

यूएईका मुहम्मद सेहदादले ४० र हरप्रीत सिंहले ३२ रन बनाए । यूएईका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो खेलमा नेपाल भारत ‘ए’सँग पराजित भएको थियो ।