दशौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक
वि.सं.२०८३ मंसिर ६ आइतवार ११:०७
shares

काठमाण्डौ – मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुनेछन् । एथ्लेटिक्स, क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, उसु, साइक्लिङलगायत २२ खेल सुर्खेतमा हुनेछन् ।
त्यस्तै, टेनिस र खो–खो बर्दिया, पौडी र सुटिङ नेपालगञ्ज, जुडो र कुस्ती सल्यान, आइटिएफ तेक्वान्दो दैलेख, फुटबलको सेमिफाइनल तथा फाइनल जुम्ला, बुद्धिचाल कालीकोट र शारीरिक सुगठन रुकुमपश्चिममा सञ्चालन हुनेछन् ।
प्रतियोगितामा करिब ६ हजार खेलाडी र ३ हजार अफिसियल गरी ९ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । केही खेल मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
















