NIMB Long Banner Ad

सुदूरपश्चिम रोयल्सको लुम्बिनी लायन्समाथि शानदार जीत

5.27K
shares

मंसिर ५ शनिवार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जीत हासिल गरेको छ । यो संगै एनपिएलको उपाधी सुदूरपश्चिम रोयल्सले हात पारेको छ।

लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य पूरा गर्दै सुदूरपश्चिम रोयल्सले जीत हासिल गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भएको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरिले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले पहिला ब्याटिङ गरेको थियो ।

अघिल्ला संस्करणको फाइनलमा आमनेसामने भएका यी टोली शनिबार तेस्रो संस्करणको उपाधिका लागि भिडेका हुन् ।