श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ६ गते आइतवार (तदनुसार २२ नोभेम्वर सन् २०२६)
अश्विनी नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया अत्यन्त ऊर्जावान्, फुर्तिला, साहसी र स्वतन्त्र प्रकृतिका हुन्छन्। उनीहरूसँग छिटो निर्णय लिने क्षमता र नयाँ कामको थालनी गर्ने उच्च उत्साह हुने गर्दछ। उनीहरूमा परोपकारी, दयालु र अरूलाई सहयोग गर्न सधैँ तत्पर रहने स्वभाव रहने गर्दछ । यो नक्षत्र चिकित्सा क्षेत्र (डाक्टर, स्वास्थ्यकर्मी), ईन्जिनियरिङ्, खेलकुद, सेना, प्रहरी, प्रशासनिक तथा नेतृत्वदायी क्षेत्रका लागि अति अनुकूल मानिन्छ ।
वि.सं.२०८३ मंसिर ६ आइतवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ मंशिर ६ गते आइतवार (तदनुसार २२ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कछलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि २४–३२ बजे सम्म,अश्विनी नक्षत्र राति २७–१७ बजे सम्म,आनन्द योगा तथा चन्द्रमा मेष राशिमा ।
अश्विनी नक्षत्रमा जन्मिएका व्यक्तिहरू सामान्यतया अत्यन्त ऊर्जावान्, फुर्तिला, साहसी र स्वतन्त्र प्रकृतिका हुन्छन्। उनीहरूसँग छिटो निर्णय लिने क्षमता र नयाँ कामको थालनी गर्ने उच्च उत्साह हुने गर्दछ। उनीहरूमा परोपकारी, दयालु र अरूलाई सहयोग गर्न सधैँ तत्पर रहने स्वभाव रहने गर्दछ । यो नक्षत्र चिकित्सा क्षेत्र (डाक्टर, स्वास्थ्यकर्मी), ईन्जिनियरिङ्, खेलकुद, सेना, प्रहरी, प्रशासनिक तथा नेतृत्वदायी क्षेत्रका लागि अति अनुकूल मानिन्छ । यो नक्षत्रमा जन्मने साधकहर नयाँ आविष्कार र सिर्जनात्मक कार्यमा पनि रुचि राख्ने हुन्छन् । यी व्यक्तिहरूको मुखाकृति आकर्षक र हँसिलो हुन्छ। उनीहरूमा दृढ इच्छाशक्ति हुनुका साथै जीवनमा सधैँ अगाडि बढ्ने हुटहुटी समेत रहने देखिन्छ ।
बिहानैदेखि चन्द्रमा तपाईंको आफ्नै राशिमा प्रवेश गर्ने भएकाले दिन उत्साहजनक र फलदायी रहनेछ। रोकिएका कामहरू बन्नेछन् भने नयाँ कामको थालनी गर्न अनुकूल समय छ। परिवार र साथीभाइबाट राम्रो सहयोग मिल्नेछ।
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। यात्रा गर्दा वा महत्त्वपूर्ण निर्णय लिँदा धैर्यता राख्नु उपयुक्त हुन्छ। साँझपख परिवारसँगको भेटघाटले मन प्रसन्न तुल्याउनेछ।
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार–व्यवसाय तथा पेसागत क्षेत्रबाट अपेक्षित लाभ मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ भने मान–सम्मान प्राप्त हुने योग छ।
कर्मक्षेत्रमा उन्नति हुने र नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा तथा सहयोग मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनुका साथै रोकिएका सरकारी वा प्रशासनिक काम बन्नेछन्।
भाग्यको पूर्ण साथ मिल्ने दिन छ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागिता जनाइनेछ। लामो दूरीको यात्रा फलदायी हुन सक्छ। अध्ययन–अध्यापन र सिर्जनात्मक काममा विशेष सफलता मिल्नेछ।
स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। खानपानमा गडबडी वा मौसमको प्रतिकूलताले सताउन सक्छ। जोखिमपूर्ण लगानी वा ठूला निर्णयहरू आजका लागि स्थगित गर्नु बुद्धिमानी हुनेछ।
दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा मधुरता छाउनेछ। साझेदारीमा गरिएको व्यापारबाट राम्रो फाइदा मिल्नेछ। घुमघाम वा रमाइलो भेटघाटको अवसर जुट्नेछ।
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने शत्रु पक्ष कमजोर बन्नेछन्। रोकिएका पुराना कामहरू बन्नाले मन प्रसन्न रहनेछ। स्वास्थ्य सबल रहनुका साथै पुराना समस्याबाट मुक्ति मिल्नेछ।
बौद्धिक तथा सिर्जनाત્મક क्षमताको कदर हुनेछ। सन्तान पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्ध सुदृढ बन्नेछ भने रचनात्मक कार्यमा रुचि जाग्नेछ।
पारिवारिक जीवनमा केही असमझदारी वा व्यस्तता बढ्न सक्छ। घरजग्गा तथा सवारीसाधनसम्बन्धी कार्यमा सावधानी अपनाउनुहोला। हतारमा निर्णय लिँदा सामान्य कठिनाइ आउन सक्छ।
पराक्रम र आत्मविश्वास बढ्नेछ। छिमेकी वा दाजुभाइको सहयोगले अप्ठ्यारा कामहरू पनि सहजै सम्पन्न हुनेछन्। छोटो तथा लाभदायक यात्राको योग रहेको छ।
बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। आर्थिक पक्ष सुदृढ बन्दै जानेछ भने कुटुम्बको सहयोग मिल्नेछ। खानपान र मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959























