सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायन्सको १५६ को टार्गेट
वि.सं.२०८३ मंसिर ५ शनिवार १८:५७
4.6K
shares
shares

मंसिर ५ काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले
सुदूरपश्चिम रोयल्सलाई १५६ को लक्ष्य दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरिले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले पहिला ब्याटिङ गरेको हो ।
लुम्बिनी र सुदूरपश्चिम दोस्रो पटक फाइनलमा भिडेका हुन् ।
एनपिएल उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच फेरि एकपटक प्रतिस्पर्धा भएको हो ।
अघिल्ला संस्करणको फाइनलमा आमनेसामने भएका यी टोली शनिबार तेस्रो संस्करणको उपाधिका लागि भिड्दै छन् ।
















