NIMB Long Banner Ad

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई बालबालिकाको मृत्यु

1.73K
shares

दैलेख – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा बन्चरो प्रहारबाट आमा र दुई बालबालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा अम्बर सलामी मगरले श्रीमती मनिषा र तीन छोराछोरीमाथि बन्चरो प्रहार गरेका थिए ।

शनिबार बिहान भएको घटनामा ३५ वर्षीया मनिषा, १२ वर्षीय छोरा तपेन्द्र र तीन वर्षीया छोरी करिश्माको मृत्यु भएको हो । घटनामा ६ वर्षीय छोरा मिलन गम्भीर घाइते भएका छन् । उहाँलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।