नेपालले युएईविरुद्ध टस जित्यो, फिल्डिङ गर्ने निर्णय
वि.सं.२०८३ मंसिर ६ आइतवार १३:०७
552
shares
shares

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र युएईबीचको खेल कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ ।
दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनले पराजित भएको थियो भने युएई पाकिस्तान ‘ए’सँग हारेको थियो ।
भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल पहिलो खेलमा २६ रनमै अलआउट भएको थियो । आज युएईलाई हराउँदै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’सँग पनि खेल्नेछ ।
















