विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
वि.सं.२०८३ मंसिर ६ आइतवार १३:१४
690
shares
shares

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
वरियताक्रमअनुसार श्रेष्ठले जिम्मेवारी पाएका हुन्। प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाँदैछन्।
प्रधानमन्त्री शाह ३४ सदस्यीय टोलीसहित आइतबार भारतको राजकीय भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शाह मङ्सिर ७ गते साँझ स्वदेश फर्कनेछन्।
















