NIMB Long Banner Ad

सरोजकुमार यादवले लिए मधेशको मुख्यमन्त्रीको शपथ

713
shares

काठमाण्डौ – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले आज बिहान शपथ गराउनुभएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो । उहाँ संविधानको धारा १६८ ९३० अनुसार हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री यादवले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले भने सात दिनभित्रै विश्वासको मत लिने बताउनुभएको छ ।