NIMB Long Banner Ad

प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीमा भव्य तयारी

667
shares

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका लागि दिल्लीमा भव्य तयारी गरिएको छ । दिल्ली गेट, हैदराबाद हाउस र ताज होटल आसपास नेपाली झण्डा तथा दुई देशका प्रधानमन्त्रीको तस्बिर राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री शाह आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल दिउँसो १स्४५ बजे नेपाली ध्वजावाहक विमानमार्फत दिल्ली जाने कार्यक्रम छ ।

भ्रमणको तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री विमानस्थल पुग्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सुरक्षा व्यवस्था मिलाइँदैछ ।