NIMB Long Banner Ad

सुनचाँदीको भाउ फेरि घट्यो, सुन तोलामा २ हजार ८ सय रुपैयाँ सस्तियो

690
shares

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ थियो । सुनको भाउ लगातार घट्न थालेको एक हप्ता भइसकेको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँमा झरेको छ । शुक्रवार चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरे पनि नेपालमा बैंकहरूले सुन आयात नगर्दा बजारमा अभाव देखिएको छ । भाउ घटेको बेला सुन किन्न आएका ग्राहकसमेत अभावका कारण फर्कनुपरेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताउनुभएको छ ।