NIMB Long Banner Ad

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

644
shares

काठमाण्डौ – नेपाल र भारतबीच सुरक्षा, प्रविधि, प्रशासन, स्वास्थ्यलगायत आठ महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज भएका सहमतिले दुई देशबीचको सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

समझदारीअनुसार फरेन्सिक विज्ञानमा गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ । प्रहरी प्रशिक्षणका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच पनि सम्झौता भएको छ ।

यस्तै, भारतीय सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजमार्फत नेपाली सरकारी अधिकारीलाई तालिम दिने, आयुर्वेद तथा परम्परागत चिकित्सा प्रवर्द्धन गर्ने र स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने सहमति भएको छ ।

भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरो र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एशिया स्याटेलाइटको प्रयोगसम्बन्धी सहकार्य हुनेछ ।

दुवै देशले दिगो शहरी विकास, स्वास्थ्य तथा चिकित्सा, पशुपालन र मत्स्यपालनको आधुनिकीकरण तथा विकासमा पनि सहकार्य गर्ने समझदारी गरेका छन् ।