प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीले गरे जनकपुरधाम–अयोध्या रेल सेवाको उद्घाटन
वि.सं.२०८३ मंसिर ७ सोमवार १५:०२
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाह र मोदीले आज भर्चुअल माध्यमबाट झण्डा फहराएर रेल सेवाको उद्घाटन गर्नुभएको हो ।
‘जनकपुरधाम–अयोध्या क्यान्ट एक्सप्रेस’ नाम दिइएको रेलले ६०४ किलोमिटर दूरी करिब १९ घण्टामा पूरा गर्नेछ । रेल भारतको बिहारस्थित जयनगर हुँदै नेपाल प्रवेश गरी विभिन्न सहरमा यात्रु चढाउने तथा ओराल्नेछ ।
रेल सेवा सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ । जनकपुरधामबाट शनिबार प्रस्थान गर्ने रेल आइतबार बिहान अयोध्या पुग्नेछ भने अयोध्याबाट सोमबार प्रस्थान गर्ने रेल मंगलबार दिउँसो जनकपुरधाम आइपुग्नेछ ।
नयाँ रेल सेवाले धार्मिक पर्यटन तथा दुई देशबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ । यसबाट जनकपुरधाम र अयोध्याबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।
















