NIMB Long Banner Ad

प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

943
shares

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

भारतको हैदराबादमा आयोजित पत्रकार सम्मेलनमा शाहले नेपाली जनताको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो ।

उहाँले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने, आवतजावत सहज गर्ने तथा साझा मुद्दामा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपालको विकास र समृद्धिका लागि भारतीय लगानी आवश्यक रहेको बताउँदै शाहले युवा, विद्यार्थी तथा उद्योगीका अवसरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।