सर्वोच्चका लागि चार न्यायाधीश सिफारिस, कानुन व्यवसायीबाट परेनन्
वि.सं.२०८३ असोज २० मंगलवार १८:३२
713
shares
shares

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीशका लागि न्याय परिषद्ले चार जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले उच्च अदालतका न्यायाधीशमध्येबाट उनीहरूको नाम सिफारिस गरेको हो ।
परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ । यसपटक कानुन व्यवसायीबाट भने कसैलाई सिफारिस गरिएको छैन ।
सिफारिसमा परेका सारु, पाण्डे र डाँगी वरियतामा पछाडि रहेका न्यायाधीश हुन् । परिषद्को गत वर्षको बुलेटिनअनुसार सारु पाँचौँ, पाण्डे १३औँ र डाँगी १६औँ वरियतामा छन् ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् ।














