बंगालको खाडीमा अर्को प्रणाली, नेपालमा वर्षाको सम्भावना न्यून
वि.सं.२०८३ कात्तिक १५ आइतवार ११:५४
506
shares
shares

काठमाण्डौ – बंगालको खाडीमा नयाँ मौसमी प्रणाली विकास भए पनि त्यसले नेपालमा ठूलो प्रभाव नपार्ने मौसमविद्ले बताएका छन् ।
भारतीय मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली मंगलबार बिहान दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्ने अनुमान छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार नयाँ प्रणालीले नेपालमा उल्लेखनीय वर्षा गराउने सम्भावना छैन । त्यसैले भोलिदेखि धान काट्ने, भित्र्याउने तथा पदयात्रालगायत गतिविधि गर्न सकिनेछ ।
यसअघि ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा तीन दिन वर्षा र हिमपात भएको थियो ।














