वि.सं २०८३ कार्तिक १२ गते बिहीवार (तदनुसार २९ अक्टोबर सन् २०२६) को राशिफल
वि.सं.२०८३ कात्तिक १२ बिहीवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं. २०८३ कार्तिक १२ गते, विहीवार (तदनुसार २९ अक्टोबर २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष चतुर्थी तिथि,रोहीणी नक्षत्र,उत्पात योगा तथा चन्द्रमा वृष राशिमा ।
व्यापारमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। सोचेका कामहरू समयमै सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ। पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ।
आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधान हुनेछ। पुराना लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
बौद्धिक कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान वा सीप सिक्ने अवसर जुट्नेछ।
घरेलु कामकाजमा समय बित्नेछ। मातापिताको आशीर्वादले महत्त्वपूर्ण कामहरू बन्नेछन्। जग्गाजमिन वा घरसम्बन्धी विवाद समाधान हुनेछ।
साहस र पराक्रममा वृद्धि हुनेछ। छरछिमेक वा इष्टमित्रको सहयोगले रोकिएका कामहरूले पूर्णता पाउनेछन्। छोटो र रमाइलो यात्राको योग छ।
बोलीको प्रभावले कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुट्न सक्छ।
व्यक्तिगत क्षमता र व्यक्तित्वमा निखार आउनेछ। नयाँ कार्यको थालनी गर्नका लागि दिन अनुकूल छ। समाजमा मान-सम्मान र प्रतिष्ठा बढ्नेछ।
अनावश्यक खर्च नियन्त्रण गर्न विशेष ध्यान दिनुहोला। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सामान्य ढिलाइ हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। साथीभाइ तथा दाजुभाइबाट विशेष सहयोग प्राप्त हुनेछ। लामो समयदेखिका योजनाहरू कार्यान्वयन हुनेछन्।
कार्यक्षेत्रमा थप जिम्मेवारीहरू सम्हाल्नुपर्नेछ। उच्च अधिकारीहरूको सहयोग र प्रशंसा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।
भाग्यले साथ दिनेछ। धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यतर्फ रुचि बढ्नेछ। उच्च शिक्षाका लागि विदेश यात्राको योग प्रबल छ।
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपान र यात्रामा विशेष सावधानी अपनाउनुहोला। गोप्य शत्रुकै कारण काममा बाधा पुग्न सक्छ, सतर्क रहनुहोला।
~ज्यो. कलानिधी WhatsApp 9803032959
























