भारतमा चक्रवात ‘अर्नब’को वितण्डा, तीन जनाको मृत्यु
वि.सं.२०८३ कात्तिक ११ बुधवार २०:५०
1.24K
shares
shares

काठमाण्डौ – बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा प्रवेश गर्दा तीन जनाको ज्यान गएको छ।
प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा आएको आँधीका कारण रुख र बिजुलीका पोल ढल्दा मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीले घर, सडक, विद्युत्, हवाई तथा रेल सेवामा समेत असर पारेको छ।
चक्रवातको जोखिमबाट बचाउन आन्ध्र प्रदेशका झन्डै ८९ हजार र ओडिशाका ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
चक्रवात कमजोर हुँदै गए पनि ओडिशालगायत क्षेत्रमा भारी वर्षाको जोखिम कायम रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ।














