नागढुङ्गा सुरुङमार्गमा आजदेखि शुल्क लागू, ठूला सवारीसाधनले भित्रिँदा ६ सय बुझाउनुपर्ने
वि.सं.२०८३ कात्तिक १५ आइतवार १२:१८
207
shares
shares

काठमाडौँ । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ ।
निर्धारित दरअनुसार कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुवाती चरणमा नगद तथा क्यूआरमार्फत शुल्क तिर्न सकिनेछ । पछि आरएफआईडी प्रणालीमार्फत स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारी छ ।
संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।














