जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, प्रहरीसँग झडप
वि.सं.२०८३ कात्तिक १५ आइतवार १५:०२
2.83K
shares
shares

काठमाडौँ । जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही पसलमा लुटपाटसमेत भएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि ढुङ्गा, बोतल र आतसबाजी प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरी भीड नियन्त्रणमा लिएको थियो ।
हजारौँ युवाले सहभागिता जनाएको प्रदर्शनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा बजेट कटौती रोक्न, महँगी नियन्त्रण गर्न र अनिवार्य सैन्य सेवा हटाउन माग गरिएको छ ।
यसैबीच, फ्रान्समा पनि महँगीविरुद्ध भएको प्रदर्शनमा एक लाख २० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । युरोपका विभिन्न देशमा महँगी र सरकारी नीतिविरुद्ध युवाहरूको प्रदर्शन चर्किंदै गएको छ ।


















