NIMB Long Banner Ad

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म खुल्ने

345
shares

काठमाण्डौ – जाडोयाम सुरु भएसँगै आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ ।

सरकारले कात्तिक १६ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्दै आएका थिए । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि नयाँ कार्यालय समय निर्धारण गरेको हो ।