NIMB Long Banner Ad

डा. गोविन्द केसी उपचारका लागि काठमाडौं ल्याइए

414
shares

इलाम, इलाममा मेडिकल कलेज स्थापनालगायतका माग राख्दै २५औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उहाँलाई आज बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको हो ।

इलाम सदरमुकामस्थित नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्नुभएका केसी स्वास्थ्यमा समस्या देखिएपछि तेस्रो दिनमै इलाम अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा दुई दिन उपचार गरिए पनि थप उपचार आवश्यक भएपछि काठमाडौं पठाइएको जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा। अमिताभ ठाकुरले जानकारी दिनुभयो ।